Logo

भक्तपुरमा टहराभित्र परालले छोपेको अवस्थामा महिलाको शव भेटियो



काठमाडौं, २४ फागुन । भक्तपुरमा अन्दाजी ४० वर्षीय एक महिलाको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका–७ बागरेस्थित तरकारी खेती भएको स्थानमा परालले छोपेको अवस्थामा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।

टहराभित्र महिलाको शव सोमबार बेलुकी १० बजेतिर फेला परेको हो । अहिलेसम्म महिलाको पहिचान हुन सकेको छैन् ।

प्रहरीले महिलाको घाँटीमा चोट र शरीरमा पनि चोटहरु देखिएको जनाएको छ । शव अर्धनग्न अवस्थामा फेला परेको र पोस्टमार्टमको लागि केएमसी अस्पताल लगिएको हो ।

 



प्रतिक्रिया दिनुहोस्