Logo

महिलालाई समान सहभागिता र पहुँचको सुनिश्चित गर्नुपर्छ : अध्यक्ष ढकाल



काठमाडौं, २३ फाल्गुन। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्वमन्त्री एकनाथ ढकालले महिलालाई समान सहभागिता र पहुँचको सुनिश्चित हुनुपर्ने बताउनु भयको छ । ११२ औं अन्तर्रा्ष्ट्रिय नारि दिवसमा शुभकामना दिदै ढकालले सबैखाले विभेद र असमानतालाई तोड्दै बिशेष गरि श्रमिक महिलाका हक अधिकारको पूर्ण प्रत्याभूति गराउन सरोकारवाला सबैलाई प्रेरणा मिलोस भन्ने विश्वास व्यक्त गरेका छन् ।

ढकालले प्रत्यक घर परिवार बाटनै महिलाको उचित कदरको सुरुवात गर्नु पर्छ भन्दै महिला अधिकारको लागि पुरुषहरु बढी जिम्मेवार हुने पर्ने पनि सुभकामनामा उल्लेख गरेका छन । ढकालले स्वदेश तथा विदेशमा रहेका समस्त नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना गदै महिला दिवसले समस्त नेपाली महिला दिदीबहिनीबीच आपसी सद्भाव र एकता कायम गर्नुका साथै लैङ्गिक समानता, महिला सशक्तीकरण र महिलाको हक अधिकारप्राप्तिको अभियानमा एकढिक्का भई अघि बढ्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना सन्देशमा उल्ल्लेख गरेका छन ।

जर्मनीकी महिला नेतृ क्लारा जेट्किनको सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा मनाउने प्रस्ताव सम्मेलनले पारित गरि सन् १९११ देखि नै महिला दिवस मनाउन थालियो । ११२ औं अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot