Logo

समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरीः मन्त्री झाँक्री



काठमाडौं, २४ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महिला सहभागिताको सुनिश्चितता र सामाजिक न्यायसहितको समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरी रहेको धारणा राखेकी छिन् ।

आज ११२औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

संविधानले महिला हकअधिकारको सुनिश्चितता गरेपनि यसको व्यवहारिक कार्यान्वयन तथा राज्यका हरेक निकायमा महिला सहभागिताको सुनिश्चितता र सामाजिक न्यायसहितको समानताको अधिकारका निम्ति खबरदारी गर्न जरुरी रहेको उनको भनाई थियो ।

यस्तै, उनले समाजमा व्याप्त महिला हिंसा, बलात्कारजन्य घटना आदिको निर्मूल पार्न सबै जुट्नुपर्नेमा जोड दिइन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot