Logo

सञ्चारमन्त्री कार्की र अमेरिकी राजदूतबीच एमसीसी कार्यान्वयनबारे छलफल



काठमाडौं, फागुन २५ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीबीच भेटवार्ता भएको छ ।

आज बिहान सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयनको विषयमा छलफल भएको जनाइएको छ ।

भेटमा राजदूत एमसीसी कार्यान्वयनको बारेमा जिज्ञासा राखेका थिए। जवाफमा कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी कार्यान्वयन गर्न अग्रसर रहेको बताएको स्रोतले जनाएको छ ।.



प्रतिक्रिया दिनुहोस्

Screenshot