Logo

कतार विश्वकप छनोटबाट पनि निस्काशित भयो रुस



काठमाडौं, २५ फागुन । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई कतार विश्वकप छनोटबाट निस्काशित गरेको छ ।

फिफाले मंगलबार रुसलाई छनोटबाट निस्काशित गरिएको जानकारी दिएको छ ।

प्ले अफ सेमिफाइनल अन्तर्गत रुसले पोल्याण्डसँग मार्च २९ मा खेल्ने तालिका रहेपनि फिफाले रुसलाई निस्काशन गर्दै पोल्याण्डलाई प्ले अफ फाइनलमा छनोट गरेको छ ।

रुसले युक्रेनमाथि आक्रमण गरेपछि फिफाले रुसलाई प्रतिबन्ध लगाएको हो ।



प्रतिक्रिया दिनुहोस्