Logo

महिला दिवसको अवसरमा नेपाल–भारत एलम्नाई सञ्जालद्वारा गोलमेच छलफल सम्पन्न



काठमाडौं, २५ फागुन । भारतीय राजदूतावास काठमाडौं अन्तर्गतको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रसँगको सहकार्यमा भारत–नेपाल एलम्नाई सञ्जालले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौंस्थित ¥याडिसन होटलमा एक गोलमेच छलफलको सम्पन्न भएको छ ।

छलफलका वक्ताहरुले राजनीतिक वृत्तमा महिलाले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै महिला हकलाई उजागर गर्न गर्नुपर्ने प्रयासबारे चर्चा गरेका थिए ।

यस्तै, वक्ताहरुले वर्तमान समयमा महिला नेतृत्वको खाँचो भइसकेकाले नीति निर्माणको क्षत्रमा महिलाको प्रतिनिधित्व एवम् सहभागितालाई थप विस्तार तथा सुनिश्चित गर्न महिला सम्बन्धि कानुनी प्रावधानको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

“महिलाको राजनीतिक सहभागिताः चुनौति र समाधानका बाटाहरु” विषायक सो छलफलमा नेपालका वरिष्ठ राजनीतिक नेतृहरु माननीय डा. आरजु राणा देउवा, माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु कुमारी यादव, बागमती प्रदेशका पूर्व मुख्यमन्त्री माननीय श्रीमती अष्टलक्ष्मी शाक्य, माननीय सांसदहरु श्रीमती डा. बिन्दा पाण्डे र श्रीमती पुष्पा भुषालको सहभागीता रहेको थियो ।

प्राध्यापक श्रीमती इला शर्मा सो छलफलको सहजकर्ताको रुपमा रहेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्