Logo

नेपालबाट भारतीय विमान अपहरण गर्नेमध्येका जहुर मिस्ट्रीको गोली हानी हत्या



एजेन्सी, २५ फागुन । नेपालबाट सन् १९९९ मा भारतीय विमान अपहरणमा संलग्न एकजनाको पाकिस्तानमा गोली हानी हत्या भएको छ । जैसे मोहम्मदका सदस्य जहुर मिस्ट्रीको गत हप्ता हत्या भएको पाकिस्तानी मिडियाले खुलासा गरेका छन् ।

पाकिस्तानको जिओ टीभीले जहुरको कराँचीमा १ मार्चका दिन हत्या भएको समाचार सार्वजनिक गरेको हो । मोटरसाइकलमा आएकाहरुले उनलाई गोली हानेको भन्दै हत्या अघि ती व्यक्तिहरुको सक्रियतालाई पाकिस्तानी मिडियाले सीसीटीभी फुटेज देखाएका छन् । उनलाई व्यवसायीका रुपमा उल्लेख गरिएको छ । जहुर जाहिद अखुन्ड नामले फर्निचरको व्यापार गर्दै आएको इन्डियन एक्सप्रेसले जनाएको छ ।
जैसे मोहम्मदका प्रमुख मसुद अजर, उनका भाई रउफ असगरलगायत अन्त्येष्टिमा सहभागी थिए ।

२४ डिसेम्बर सन् १९९९ मा इन्डियन एयरलाइन्सको विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपहरणमा परेको थियो । दिल्ली उड्न लागेको विमान अपहरण गरी पाँच जना अपहरणकारीले अमृतसर हुँदै कान्दाहार पुर्याएका थिए । तालिवान सरकारले मध्यस्थता गरी अपहरणलाई विभिन्न लेनदेनमा सल्टाएको थियो ।

घटनामा राउफ असगर, इब्राहिम अजरसहित मिस्ट्री पनि संलग्न थिए । मिस्ट्रीले हनिमुनका लागि काठमाडौंबाट फर्किइरहेका २५ वर्षीय रुपिन कट्यालको हत्या गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot