Logo

तरुण दल भोलिको नेपाल चलाउने नेतृत्व हो : नेता प्रदीप पौडल



दमौली, २५ फागुन । नेपाली काँग्रेसका नेता तथा केन्द्रीय सदस्य प्रदीप पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका छन् ।

नेपाल तरुण दल, तनहुँले आयोजना गरेको आगामी निर्वाचनमा नेपाल तरुण दल तनहुँको भूमिका, नेपाली कांग्रेस तनहुँमा हार्दिकता र एकता विषयको अन्तरक्रियात्मक गोष्ठीमा बोल्दै नेता पौडेलले तरुण दल कांग्रेसको लागि लड्ने हतियार मात्र नभइ भोलिको नेपाल चलाउने नेतृत्व भएको बताएका हुन् ।

 

उनले, सुसंस्कृती तरुण दल आजको आवश्यकता भएको भन्दै बिग्रिएको समाजलाई सहि बाटोमा ल्याउन कांग्रेस पार्टी र त्यसमा पनि तरुण दलले मात्रै सक्ने बताए । पौडेलले भने,‘विधि पद्धत्तिभित्र बसेर औपचारिक बहसमा उभिन तरुण दलको आवश्यकता छ । काँग्रेसलाई बलियो बनाउने हो भने उसको सम्पूर्ण अंग बलियो बन्नु पर्छ ।’

उनले कांग्रेसलाई बलियो बनाउनका पार्टीको मेरुदण्ड मानिएको तरुण दलललाई पनि अझै बलियो बनाउनुपर्ने औंल्याए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot