Logo

माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश



मोरङ, २५ फागुन । माओवादी केन्द्रबाट निर्वाचित भएका मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर एमालेमा प्रवेश गरेका छन् ।

बुधबार नेकपा (एमाले) मोरङले आयोजना गरेको सभामा माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल (बगडीया), उपमेयर केशवकुमारी खराल र दुईजना वडाध्यक्षसहित करिब ५ हजार जना एमालेमा प्रवेश गरेको नेकपा एमालेले जनाएको छ ।

मोरङको रङ्गेलीमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्न नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बुधबार विराटनगर पुगेका थिए । पार्टी प्रवेश गर्नेलाई अध्यक्ष ओलीले स्वागत गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot