Logo

फोहोर व्यवस्थापन पुनः अनिश्चितकालका लागि ठप्प



काठमाडौं, फागुन २६ । स्थानीयको स्वामित्वमा रहेको करिब ५ हजार रोपनी जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका माग गर्दै स्थानीयवासीले बुधबारदेखि पुनः उपत्यकाको फोहोर व्यवस्थापन अनिश्चितकालका लागि रोकेका छन् ।

सरकारले चैत अन्तिम वा बैशाख पहिलो साताभित्र बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर व्यवस्थापन गर्ने अन्तिम तयारी गरीरहँदा स्थानीयले भने फोहोर व्यवस्थापन ठप्प पारेका हुन् ।

स्थानीयले मुआब्जा लगायतका आफ्ना माग पूरा नगरेको भन्दै चार दिनदेखि बञ्चरे डाँडाको निर्माण कार्य रोकेका थिए भने बुधबारदेखि फोहोर बिसर्जन बन्द गरेका छन् ।

समस्या व्यवस्थापन स्थलको मात्र होइन, लैजानका लागि बाटो पनि बिग्रिएको छ । बाटोको मर्मत कार्य र सिसडोलमा पनि थप व्यवस्थापनका लागि प्रयास भइरहेका छन् । तर, त्यसका लागि अझै समय लाग्ने देखिएको छ ।

सडक कालोपत्रे गर्नसमेत स्थानीयहरुको माग रहेको छ । यसअघि बाह्र दिन फोहर व्यवस्थापन बन्द भएर १२ फागुनदेखि सुरु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot