Logo

भारतको ५ राज्यमा मतगणना सुरु, उत्तर प्रदेशमा भाजपा अगाडि



एजेन्सी, २६ फागुन । भारतको पाँच राज्यमा विधानसभा चुनावको मतगणना सुरु भएको छ । उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, मणिपुर र गोवामा भएको विधानसभा चुनावको मतगणना सुरु भएको हो ।

मतगणनाको प्रारम्भिक रिपोर्ट अनुसार उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीका उम्मेदवार बढी स्थानमा अगाडि देखिएका छन् । पञ्जाबमा आम आदमी पार्टीका उम्मेदवार अगाडि देखिएका छन् ।

आजतकले प्रारम्भिक मतगणनाको रिपोर्ट सार्वजनिक गर्दा भाजपा उत्तर प्रदेशमा अगाडि देखिएको छ । दोस्रो स्थानमा समाजवादी पार्टी देखिएको छ । बहुजन समाजवादी पार्टी तेस्रो स्थानमा देखिएको छ ।

उत्तराखण्डमा कँग्रेस आई अगाडि देखिएको छ । भाजपा दोस्रो स्थानमा देखिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot