Logo

संखुवासभामा बस दुर्घटना, १४ जनाको मृत्यु



काठमाडौं, फागुन २६ । संखुवासभाको मादी नगरपालिकाको रामदेवीमा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा केहि घाइते समेत भएका छन् ।

मादी नगरपालिका सदरमुकामबाट धरानका लागि छुटेको बा ४ ख ७३५ नम्बरकोबस दुर्घटनामा परेको हो । बस गुडेको केहि बेरमै मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा दुर्घटनामा परेको जनाईएको छ । अहिले उद्धारको काम जारी रहेको छ ।

बसमा करिव २५ जना यात्रु रहेको जनाईएको छ । बस सडकबाट झन्डै तीन सय मिटर लत खोल्सामा खसेको छ ।थप विवरण आउन बाँकी

 



प्रतिक्रिया दिनुहोस्

Screenshot