Logo

भारतमा यी मुख्यमन्त्रीहरु हारको दिशातर्फ



एजेन्सी, २६ फागुन । भारतको ५ राज्यको विधानसभाको चुनावको मतगणना रोचक देखिएको छ । उत्तर प्रदेशबाहेकका राज्यहरुका मुख्यमन्त्रीहरु प्रतिद्वन्द्वीहरुभन्दा पछाडि देखिएका छन् ।

उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुरबाट भारी मतले अगाडि देखिएका छन् । उनी फेरि मुख्यमन्त्री बन्ने दिशातर्फ बढिसकेका छन् । उत्तर प्रदेशमा योगीको जादू चलेको छ । त्यहाँ भाजपा स्पष्ट बहुमततर्फ बढेको छ ।

गोवाका मुख्यमन्त्री प्रमोद सावन्त झीनो मतले पछाडि देखिएका छन् । उनी कँग्रेस आईका धर्मेश सागलानीभन्दा पछाडि छन् ।

पञ्जाबका मुख्यमन्त्री चरणजीत सिंह चेन्नाई पनि पछाडि देखिएका छन् । उनी दुई क्षेत्रबाट चुनाव लडेकोमा दुवैमा पछाडि छन् । पूर्वमुख्यमन्त्री अमरिन्द्र सिंह पनि पछाडि देखिएका छन् । उनी आम आदमीका उम्मेदवार भन्दा पछाडि परेका छन् ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामी पनि पछि परेका छन् । उत्तराखण्डका पूर्व मुख्यमन्त्री हरिश रावत पनि पछि परेका छन् ।

मणिपुरमा भने मुख्यमन्त्री विरेन सिंह अगाडि देखिएका छन् । उनी त्यहाँ प्रभावशाली देखिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot