Logo

युक्रेन युद्धले गर्दा पेट्रोल २५ रुपैयाँले महँगो



एजेन्सी, २६ फागुन । युक्रेन र रुसबीचको युद्धको असर मुद्रास्फीतिमा चाँडै देखिने छ । २४ फेब्रुअरीमा सुरु भएको यो युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १४० डलर नाघेको छ ।

यो १४ वर्षयताकै सबैभन्दा महँगो मूल्य हो। कच्चा तेल महँगो भए आगामी दिनमा पेट्रोल र डिजेलको मूल्य बढ्ने अनुमान गरिएको छ ।

अहिले पेट्रोल र डिजेलको मूल्य बढ्दै जानु अन्तर्राष्ट्रिय चिन्ताको विषय बनेको छ । यसले आम मानिसको खल्तीमा नराम्रो असर पर्नेछ ।



प्रतिक्रिया दिनुहोस्