Logo

उत्तराखण्डका मुख्यमन्त्री हारेपनि यीनको दललाई भारी बहुमत



एजेन्सी, २६ फागुन । उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिह धामी विधानसभा चुनावमा पराजित भएका छन् । उनी खतिमा विधानसभाबाट कँग्रेस आईका भुवनचन्द्र काप्रीसँग पराजित भएका हुन् ।

७ हजार मतान्तरले धामी पराजित भएपनि उनको दल भारतीय जनता पार्टीले भारी बहुमत ल्याएको छ । उत्तराखण्डमा भाजपाको दोस्रो कार्यकाल सरकार बन्ने भएको छ । तर, धामी मुख्यमन्त्री हुने छैनन् ।

यसअघि तीरथ सिंह रावतको ठाउँमा गत वर्ष धामीलाई मुख्यमन्त्री बनाइएको थियो । धामी ४५ वर्षमा मुख्यमन्त्री बनेर उत्तराखण्डको सबैभन्दा कान्छा मुख्यमन्त्री बन्न सफल भएका थिए ।



प्रतिक्रिया दिनुहोस्