Logo

३८ करोडको धान क्षति, राहत दश करोड



बाँके, फागुन २७ । बेमौसमी वर्षाले धानबालीमा क्षति व्यहोरेका बाँकेका किसानले पहिलो किस्तामा क्षतिको ३६ प्रतिशत रकम पाउने भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति, बाँकेले माग गरेभन्दा धेरै कम रकम आएपछि किस्तामा राहत रकम दिने निर्णय गरेको हो ।

बाँकेको आठ वटा पालिकामा ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपियाँ बराबरको धानबालीमा क्षति पुगेको थियो । पालिकावाइज लिइएको तथ्यांकलाई आधार मानेर समितिले ३८ करोड ४१ लाख ८६ हजार एक सय ६५ रुपियाँ राहत माग गरेको थियो । केन्द्रले बाँकेमा जम्मा १० करोड रुपियाँ पठाइदिएको छ ।

जिल्लामा पठाइएको १० करोडलाई पहिलो किस्ता मानेर समितिले किसानलाई क्षतिको ३६ प्रतिशत राहत वितरण गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताएका छन् ।

किसानलाई राहत रकम बैंक खातामै उपलब्ध गराउने निर्णय भएको छ । प्रजिअ खत्रीले अरू रकम उपलब्ध गराउन केन्द्र र प्रदेश सरकारलाई माग गर्ने र उपलब्ध हुनेबित्तिकै वितरण गरिने बताए । बाँकेमा ३९ हजार ४ सय ८२ घरधुरी किसानको धानबालीमा क्षति पुगेको थियो । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्