Logo

धनुषा कांग्रेस सभापतिका लागि मतदान जारी



काठमाडौं, फागुन २७ । नेपाली कांग्रेस धनुषाको सभापति चयनका लागी दोस्रो चरणको मतदान जारी रहेको । जनकपुरधामस्थित तिरहुतिया गाछीमा विहान साढे १० बजेबाट सुरु भएको मतदान जारी रहेको हो ।

मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभापतिका लागि दोस्रो चरणमा सन्तोष यादव र योगेन्द्र पजियारबीच प्रतिस्पर्धा हुंदैछ। यादव संस्थापन र पजियार बिमलेन्द्र निधी समूहका उम्मेदवार हुन्।

पहिलो चरणमा कम मत ल्याएकाले प्रतिस्पर्धाबाट बाहिरिएका शेखर कोइराला पक्षका उम्मेदवार दिनेश प्रसैलाले पजियारलाई समर्थन गरेका छन्। पजियारलाई जिताउन निधीले मतदानस्थलमै भोट माग्न व्यस्त देखिएका छन्।

धनुषामा कुल ३ हजार ५० निर्वाचन प्रतिनिधि (मतदाता) छन्। निर्वाचन समितिका अनुसार पहिलो चरणमा २ हजार ९१२ मत खसेको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot