Logo

उमेश थानी आयल निगमको कार्यकारी निर्देशक



काठमाडौं, २७ फागुन । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानी नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषदको बैठकले थानीलाई नियुक्त गरेको हो ।

२५ फागुनमा थानीसहित तीन नाम छानेर मन्त्रिपरिषदमा नियुक्तिको सिफारिश गरिएको थियो । सिफारिशमा परेकामध्येबाट थानीले नियुक्ति पाएका हुन् ।

थानीको पृष्ठभूमि नेपाली काँग्रेससँग निकट छ । उनी पेशाले इञ्जिनियर हुन् । थानीसँग विभिन्न संस्थामा बसेर काम गरेको अनुभव छ । नेपाल इन्जिनियर्स एसोसिएसनका महासचिव भइसकेका छन् । उनी नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिको सदस्य समेत भएका थिए ।



प्रतिक्रिया दिनुहोस्