Logo

सुन चाँदीका गरगहना लुटपाट गर्ने किशोर पक्राउ



काठमाडौं, २७ फागुन । काठमाडौ महानगरपालिका–१६ माछापोखराबाट राज कुमार तामाङको सुनचाँदीका गरगहना लुटपाट गरेको अभियोगमा एक किशोर पक्राउ परेका छन् । सुनचाँदीका गरगहना लुटपाट गरेको अभियोगमा सोही ठाउँ बस्ने नुवाकोट किस्पाङ गाउँपालिका–३ घर भएका १८ वर्षीय किशोरलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

राज कुमारको सुनचाँदीका गरगहना लुटपाट गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न ती किशोरलाई भाग्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको जनाएको छ । उनको साथबाट १ तोला सुनको मंगल सुत्र, १ थान चाँदीको ब्रासलेट र १ थान रातो पोते माला प्रहरीले बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot