Logo

काश्मिरमा चिता हेलिकोप्टर दुर्घटना



एजेन्सी, २७ फागुन । भारतमा सैनिक हेलिकोप्टर दुर्घटनामा परेको छ । चिता हेलिकोप्टर उत्तर काश्मिरको गुरेज क्षेत्रमा दुर्घटनाग्रस्त भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा सुरक्षा फौजको विरामी लिन गएको हेलिकोप्टर दुर्घटनामा परेको पीटीआइले जनाएको छ । दुर्घटनाको कारण र क्षतिबारे केही उल्लेख गरिएको छ । खराब मौसमका कारण हेलिकोप्टर अवतरणको प्रयासमा थियो ।



प्रतिक्रिया दिनुहोस्