Logo

सानिमा बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता



काठमाडौं, २७ फागुन । सानिमा बैंक र स्प्यारो पे प्रा. लि (खल्ती) बीच ग्राहकलाई थप सुबिधा प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र खल्तीबीच भएको सम्झौतामा ग्राहक महानुभावहरुले बैंकको मोबाइल बैंकिङ्ग एप सानिमा सजिलो ई(बैंकिङ्गबाट खल्ती डिजिटल वालेटमा सजिलै फन्ड लोड गर्ने र सानिमा सजिलो ई–बैंकिङ्ग मार्फत चेक आउट गर्न सक्नेछन् ।

बैंक कार्यालयमा आयोजित एक कार्यक्रमका बीच स्प्यारो पे प्रा.लि. (खल्ती) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय खड्काज्यू र बैंकका तर्फबाट डिजिटल बैंकिङ्ग बिभागका प्रमुख श्री बिक्रम श्रेष्ठले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सानिमा बैंकको देशभर १२४ कार्यालय र ११० एटिएम संचालनमा रहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot