Logo

योगी आदित्यनाथद्वारा उत्तर प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा



एजेन्सी, २७ फागुन । योगी आदित्यनाथले उत्तर प्रदेशको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् । उनले आज प्रदेशकी राज्यपाल आनन्दी बेन पटेललाई राजीनामा बुझाएका हुन् ।

उत्तर प्रदेशमा योगीले अन्तिम मन्त्रिपरिषद बैठक डाकेर राजीनामा बुझाउन पुगेका हुन् । उनी फेरि उत्तर प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बलियो रहेको छ ।

उत्तर प्रदेशमा योगीले दोस्रो पटक सरकार निर्माणको प्रक्रिया थाल्ने भएका छन् । भारतीय जनता पार्टीले भारी बहुमत ल्याएपछि योगी फेरि मुख्यमन्त्री बन्ने निश्चितप्रायः छ ।



प्रतिक्रिया दिनुहोस्