Logo

ठगीको आरोपमा ठेकदार अनुप पाण्डे काठमाडौंबाट पक्राउ



काठमाडौं, २८ फागुन । ठेकदार अनुप पाण्डे ठगीको आरोपमा पक्राउ परेका छन् ।

पाण्डेलाई शनिबार बिहान काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले बताएका छ । पक्राउपछि पाण्डेलाई दाङ लगिने तयारी भइरहेको छ ।

पाण्डेविरूद्ध विभिन्न व्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

उनी तुलसीपुर उप–महानगरपालीकाका मेयर घनस्याम पाण्डेका छोरा हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot