Logo

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची



काठमाडौं, फागुन २९ । संघीय संसद्को प्रतिनिधिसभा बैठक आज दिउँसो एक बजे बस्दैछ । संघीय संसद् सचिवालयले शुक्रबार जारी गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा सार्वजनिक लेखा समितिका सभापति भरत कुमार शाहले समितिको एक्काइसौँ वार्षिक प्रतिवेदन पेस गर्नेछन् ।

यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय निर्धारण गर्दैछन्। बैठक अघि बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले कार्यसूचीलाई अन्तिम रुप दिने तयारी रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot