Logo

लयमा फर्कर्दै पोखराको पर्यटन



कास्की, फागुन २९ । कोरोना भाइरसका कारण सुनसान बनेको पोखराको पर्यटन अब भने चहलपहल देखिन थालेको छ । कोभिड–१९ को तेस्रो लहर कम हुनेबित्तिकै आन्तरिक र छिमेकी मुलुक भारतबाट पोखरा घुम्नका लागि पर्यटक आउनेको सङ्ख्या बढ्दै गएको व्यवसायी बताउँछन् ।

पश्चिमाञ्चल होटल सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले पर्यटकको आगमनले आशा पलाएको बताए । उनले भने, “केही आशा जगाएको छ । अर्को भेरियन्ट आएन भने सुस्ताएको पर्यटन क्षेत्र पुनः पहिलेको अवस्थामा आउनेछ ।” अहिले पोखराका प्रायः होटल भरिभराउ छन् । आन्तरिकसँगै भारतीय पर्यटक पनि अहिले पोखरामा घुम्न आउन थालेका छन् । पर्यटक आउन छाडेपछि पोखराका २५ होटल सञ्चालकले यो व्यवसाय नै छाडेको उनले बताए ।

“अब ट्रेकिङ सिजन पनि सुरु भयो । तेस्रो मुलुकदेखि आउने पर्यटक पहिलाको जसरी आउन अझै दुई वर्ष लाग्छ होला तर आन्तरिक पर्यटक कोभिडपछि धेरै आएका छन्,” सुवेदीले भने । ४२५ होटल सङ्घमा दर्ता छन् । पोखरा र आसपासमा गरी एक हजार २०० होटल छन्, जसमा ३५ हजार श(या छन् । लेकसाइड र ड्यामसाइड गरी ७०० होटल छन् । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot