Logo

कांग्रेस अछामः १० वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन



कल्पना बोहरा / अछाम, २९ फागुन : नेपाली कांग्रेस अछामले जिल्लाका १० वटै पालिकामा ‘घर-घर जाऊ, कांग्रेस जिताऊ’ अभियान सञ्चालन गर्ने भएको छ ।

आज सदरमुका मंगलसैनबाट कार्यक्रमको सुभारम्भ गरी जिल्लाव्यापी अभियान सञ्चालन गरिने जनाइएकाे छ ।

कांग्रेस जिल्ला सभापति पुष्पबहादुर शाहका अनुसार अभियान सञ्चालनका लागि तालिका नै तय भएकाे छ ।

आज मंगलसैन नगरपालिका, ५ चैतमा तृर्माखाद गाउँपालिका, ६ मा ढकारी गाउँपालिका,७ मा कमलबजार नगरपालिका, ८ मा पञ्चदेबल बिनायक नगरपालिका, ९ मा रामारोशन गाउँपालिका, १० मा वान्नीगढी जयगढ गाउँपालिका, ११ मा मेल्लेख गाउँपालिका, १२ मा चौरपाटी गाउँपालिका र १३ मा साँफेबगर नगरपालिकामा कार्यक्रम गरिने छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot