Logo

साफ यू–१८ महिला च्याम्पियन खेल्न नेपाली टोली भारत जाँदै



काठमाडौं, २९ फागुन । साफ यू–१८ महिला च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ ।

नेपाली टोली बिहान ११ः४० बजे भारत प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

च्याम्पियनसिपका लागि यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् ।

च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ ।

च्याम्पियनसिपमा नेपाल, भारत र बंगलादेशको सहभागिता रहने छ ।

नेपाल र भारतबीचको खेल मार्च १५ मा हुनेछ भने दोस्रो खेलमा नेपाल बंगलादेशसँग मार्च १७ मा खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot