Logo

बोध गयामा बुद्धको यस्तो मूर्ति बन्दै



एजेन्सी, २९ फागुन । भारतको विहार राज्यको बोधगयामा आकर्षक तरिकाले बुद्धको मूति निर्माणका क्रममा छ । १०० फिट लम्बाई र ३० फिट अग्लो मूर्तिमा बुद्ध पल्टिइरहेको अवस्थामा छन् ।

बुद्ध इन्टरनेशनल वेलफेयर मिसनले उक्त मूर्ति निर्माण गरिरहेको हो । सन्ु २०१९ बाट निर्माण सुरु भएको मूर्ति कलकत्ताका कालीगढहरु प्रयोग भएका छन् ।

मूर्ति निर्माणमा फाइबरग्लासको प्रयोग गरिएको छ । समाचार एजेन्सी एएनआइले मिसनका संस्थापक महासचिव भन्ते आर्यपाल भिक्षुसँगको कुराकानीमा बुद्धको निर्माणाधीन मूर्ति महापरिनिर्वाणा मुद्राको रहेको बताए ।

बोधगयामा बुद्धले ज्ञान प्राप्त गरेकाले त्यहाँ मूर्ति बनाइएको उनले एएनआईलाई बताए । उत्तर प्रदेशको कुशिनगरमा महापरिनिर्वाणा प्राप्त गरेको पोष्टरलाई आधार बनाएर मूर्ति निर्माणका क्रममा रहेको उल्लेख छ ।

सन् २०२३ मा मूर्तिको निर्माण पूरा गर्ने बताइएको छ । बोधगया बुद्धधर्मालम्बीको पवित्र तीर्थस्थल भएकाले मूर्तिको निर्माण गरिएको जनाइएको छ ।-Photo Source: ANI



प्रतिक्रिया दिनुहोस्

Screenshot