Logo

ऋषि धमलाको कार्यक्रममा एमाले र नेकपा (एस) का नेताहरुबीच चर्काचर्की (भिडिओसहित)



काठमाडौं, २९ फागुन । नेकपा (एमाले) र नेकपा (एकीकृत समाजवादी) का नेताहरुबीच टिभी कार्यक्रममै चर्काचर्की परेको छ । एमाले नेता घनश्याम खतिवडा र एकीकृत समाजवादीका नेता शंकर पोखरेलबीच चर्काचर्की परेको हो । खतिवडाले एमाले निर्वाचनमा एक्लै लड्दै आएको सुनाए ।

उनले विगतमा कांग्रेस र माओवादी केन्द्रले मोर्चाबन्दी गरेर निर्वाचन लड्दापनि आफूहरुले सामना गरेको र बहुमत ल्याएको दाबी गरे । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले खतिवडाले यसपटकको चुनावमा जनताले जनविरोधी काम गर्नेहरुलाई धुलो चटाउने दाबी गरे ।

उता, एकीकृत समाजवादीका नेता पोखरेलले भने आफ्नो दल एक्लै निर्वाचनमा जाने दाबी गरे । उनले आफूहरु देशव्यापी रुपमा संगठन निर्माणमा सक्रिय भएको सुनाए । कार्यक्रममा एमाले नेता खतिवडाले नेकपा एकीकृतका अध्यक्ष माधवकुमार नेपालसहित १४ जना सांसद अवैद्य रहेको आरोप लगाए । तर, नेकपा (एस) का नेता पोखरेलले भने त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे । उनले एमाले विभाजन गर्ने व्यक्ति केपी ओली भएको दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot