Logo

यूरोपका यी देश रुसमाथिको प्रतिबन्धको विरुद्ध उभिए



एजेन्सी, २९ फागुन । रुस र युक्रेनबीच युद्ध चलिरहँदा यूरोपेली युनीयनका अधिकांश देशहरु रुसको विरुद्ध छन् । रुसको पक्षमा यूरोपका एकमात्र देश बेलारुस उभिएको छ ।

रुस र बेलारुसविरुद्ध अमेरिकालगायत नाटो देशहरुले प्रतिबन्ध लगाएका छन् । अमेरिका र बेलायतले रुसी तेल प्रतिबन्ध लगाएका छन् । तर, जर्मनीले प्रतिबन्ध लगाउने मानेको छैन ।

टर्कीले रुसविरुद्ध अमेरिका, बेलायतलगायत देशको प्रतिबन्धमा सामेल नहुने स्पष्ट पारिसकेको छ । टर्कीका विदेशमन्त्री मेभलुन काभुसोग्लुले आइतबार बोल्दै पश्चिमा देशहरुको रुसमाथिको प्रतिबन्धमा सामेल नहुने जनाएका छन् । उनले प्रतिबन्धले समस्याको समाधान नहुने बताएका छन् ।

सर्वियाले पनि रुसविरुद्धको प्रतिबन्धलाई स्वीकारेको छैन । सर्बियाको रुससँग सुमधुर सम्बन्ध छ । सर्बियामाथि अमेरिका र यूरोपेली यूनीयनका देशहरुले दबाब बढाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot