Logo

नागरिकले सहज रुपमा न्याय पाउन नसकेपछि महाभियोग लगाउनु पर्योः सिंह



काठमाडौं, ३० फागुन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिहले नागरिकले सहज रुपमा न्याय पाउन नसकेकाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग लगाउनु परेको बताएका छन् । जस्ले न्यायालय को नेतृत्व गरेको छ उनीहरु असफल भएपछि समग्र न्यायालय सुधारका लागि संविधान सम्वत सुधारको प्रयास थालिएको बताए ।

आज राजधानीको मिनभवन मन आयोजित नेपाली कांग्रेसको एकमहिने घरघर जाउ कांग्रेस जिताउ अभियान अन्तरगत आयोजित कार्यक्रममा बोल्दै नेता सिहले उक्त कुरा बताएका हुन् । सो अवसरमा बोल्दै कांग्रेस कार्यकरताले जन्ताको घरघरमा पुगेर एमसीसी, महाअभियोगका बिषयमा फैलाएका अनावश्यक भ्रम बारे बुझाउन र कांग्रेसलाई नागरिका के कस्ता सुझाव छन बुझेर पार्टीमा जानकारी गराउन समेत आग्रह गरे ।

अहिलेको गठबन्धन निर्माण कांग्रेसको रहर नभै परिस्थितिजन्य बाध्यता भयको भन्दै तत्कालीन सरकारले गरेको असंवैधानिक कामलाई रोकन्न र संविधान लाई ट्रयाक मा ल्याउन गठबन्धन बनेको समेत बताउनु भएकोछ सरकार निर्माणका लागि गठबन्धन बनेको भन्दै चुनाव सम्मै गठबन्धन गरेर जानू पर्छ भन्ने बिषय उठे पनि पार्टी भित्र यश बिषयमा फरक फरक मत रहेको भन्दै पार्टी एकमहिने कार्यक्रम लियर जन्तामा गएकाले यो एक महिने अभियानबाट जन्ता कार्यकर्ताले जे सुझाव दिन्छ्न सोहि आधारमा पार्टी केन्द्रीय समित बैठक बसेर आवस्यक निर्णय लिने बताएका ।

कार्यकर्ता र जन चाहाना अनुसारको निर्ण पार्टीले गर्ने भयकाले घर घर पुगेर ब्यक्ति –ब्यक्ति लाई भेटेर कांग्रेसका पक्क्षमा चुनावी माहोल सृजना गर्न समेत कार्यकर्तालाई आग्रह गरेका हुन् । अवसर पाएर पनि काम गर्ने नस्क्नेहरुलाई मत दिँदा मुलुक र जन्ता दुख पाएको कुराले अब जस्तो सुकै संकटमा पनि मुलुकलाई निकास र बिकास दिने पार्टी कांग्रेस भएको घटनाक्रमले पुष्टि गरिसकेको समेत नेता सिहले बताएका छन्।

एमसीसीका बिषय सरकारमा हुँदा राष्ट्र हित र सरकार बाहिर हुँदा राष्ट्रघात देख्ने दलहरुका कारण जन्ता अनावश्यक भ्रम सृजना गर्ने काम भएको भन्दै एमसीसीमा कुनै राष्ट्रघात नभएको देश र जन्ताको हितमा रहेको यसमा कुनै राष्ट्रघात नभएको समेत बताएका छन् । नेता सिहले कांग्रेस देस जन्ताको हित सोच्ने पार्टी भएकाले अनावश्यक भ्रमको पछि नलाग्न समेत अपिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्