Logo

स्थानीय चुनावमा म्यादी प्रहरीले ४३ हजार तलब–भत्ता पाउने



काठमाडौं, ३० फागुन । स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरु भएको छ । स्थानीय निर्वाचनको लागि १ लाख म्यादी प्रहरीको चैत्रमा आवदेन खुलाउने तयारी गरिरहेको छ ।

मतदान केन्द्र अनुसार सम्बन्धित जिल्लाहरुले म्यादी प्रहरी भर्ना गर्ने जनाइएको छ । चुनावको लागि म्यादी प्रहरी ४० दिनका लागिभर्ना गरिने छ । म्यादीको लागि नै ४ अर्ब ३९ करोड बजेट अर्थ मन्त्रालयले छुट्टाएको छ । ४० दिन भर्ना हुने म्यादी प्रहरीले तलब–भत्तासहित ४३ हजार रुपैयाँ पाउनेछन् ।

म्यादी प्रहरीका लागि नेपाली सेना, सस्शत्र प्रहरी, नेपाल प्रहरीमा आवेदन दिएकाहरुलाई पहिलो प्राथमिकता दिने जनाइएको छ । त्यस्तै, दोस्रोमा पुर्वप्रहरी, सेनाबाट निवृत्त भएका वा जागिर छाडेकाहरु र तेस्रो प्राथमिकतामा विदेशी सुरक्षा निकायमा काम गरेका वा अनुभव भएकाहरु पर्छन् ।



प्रतिक्रिया दिनुहोस्