Logo

चावहिल मालपोतका खरिदार बस्नेत अख्तियारको फन्दामा



काठमाडौं, ३० फागुन । मालपोत कार्यालय, चावहिल, काठमाडौंका खरिदार लक्ष्मण बस्नेतमाथि अख्तियारले मुद्दा दायर गरेको छ । बस्नेतले जग्गा नामसारी गर्ने सिलसिलामा आलटाल गरी सामान्य प्रकृयाबाट हुने कामको लागि सेवाग्राहीसँग घुस मागेको उजुरीको आधारमा अख्तियारले रकमसहित गत फागुन १२ गते नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्दा बस्नेतले जग्गा नामसारी गर्ने काममा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग १ लाख ३५ हजार रुपैयाँ घुस लिएको पुष्टि भएको थियो ।

बस्नेतमाथि कानुन बमोजिमको अधिकतम सजाय हुन मागदाबी आज विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot