Logo

साफ यु-१८ महिला च्याम्पियनसिपमा आज नेपाल र भारत भिड्दै



काठमाडौं, चैत १। साफ यु–१८ महिला च्याम्पियनसिप फूटबल आजबाट भारतमा शूरु हुँदैछ । आज हुने प्रतियोगिताको उद्घाटन खेलमा नेपालले घरेलु टोली भारतको सामना गर्दैछ । भारतको जमसेदपुरमा हुने खेल नेपाली समय अनुसार बेलुकी ७:१५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा नेपाल जीत निकाल्दै प्रतियोगिताको शुरुवात गर्न चाहन्छ । तर नेपाललाई प्रतियिगिताको उपाधि दाबेदार भारतलाई हराउन सहज भने हुनेछैन । यता भारतपनि आजको खेलमा जीत निकाले लक्ष्यसाथ मैदान उत्रिनेछ ।

प्रतियोगितामा मात्र तीन राष्ट्र नेपाल, भारत र बंगलादेशको सहभागिता रहेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको अङ्क तालिकाको शिर्ष स्थानमा रहने टोलीले उपाधि उचाल्नेछ । दोस्रो खेल १७ मार्चमा बंगलादेशसँग खेल्नेछ भने २१ मार्चमा फेरि भारत र २३ मार्चमा बंगलादेशसँग खेल्दै प्रतियोगिताको अन्त्य गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्