राष्ट्रपति र प्रधानमन्त्रीसँग आज शिष्टाचार भेटवार्ता गर्दै साउदी राजकुमार फैसल


काठमाडौं, चैत १ । नेपाल भ्रमणमा रहेका साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।

आजै परराष्ट्रमन्त्री डा नारायण खड्का र साउदी समकक्षी फैसलबीच भेटवार्ताको कार्यक्रसमेत रहेको छ । ेभेटवार्तापछि दुवै देशका परराष्टमन्त्रीले पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् ।

उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुल्नेछ । साउदी अरब अधिराज्यका विदेशमन्त्रीले नेतृत्व गरेको प्रतिनिधिमण्डलको सम्मानमा मन्त्री खड्काले दिवाभोज आयोजना गर्दैछन्।

दुईदिने औपचारिक भ्रमणमा हिजो साँझ नेपाल आईपुगेका विदेशमन्त्री राजकुमार फैसलआजै अपराह्न उनी स्वदेश फर्कने कार्यक्रम रहेको छ छ ।