Logo

९० प्रतिशत काम गरे बाँकी दश प्रतिशत काम गर्न पुनः मेयर हुन्छुः चिरिबाबु महर्जन (भिडियोसहित)



काठमाडौं, १ चैत । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्थानीय तहको निर्वाचनमा आफुले ल्याएको घोषणा पत्र अनुसार ९० प्रतिशत काम गरेको दाबी गर्दै बाँकी दश प्रतिशत काम गर्न मेयरमा पुनः दोहोरिने मन भएको बताएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रममा ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो दाबी गरेका हुन् ।

साथै, उनले सम्पदा क्षेत्रमा ललितपुर महानगरपालिकाले उल्लेख्य काम गरेको बताए । वातावरण सुधार र सुशासनमा समेत महानगर अब्बल रहेको उनको दाबी थियो ।

 



प्रतिक्रिया दिनुहोस्