Logo

बहराइनमा वाइनान्सले पायो क्रिप्टो करेन्सी एक्सचेन्जर मान्यता



काठमाडौं, १ चैत । विश्वकै सबैभन्दा ठुलो क्रिप्टो करेन्सी एक्सचेन्जर वाइन्नासले बहराइनमा सेवा प्रदायकको मान्यता पाएको छ ।

मंगलबार त्यहाँको सेन्ट्रल बैंकले वाइन्नासलाई क्रिप्टो करेन्सी एसेटलाई साट्न लाइसेन्स दिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेको छ ।

यो लाइसेन्स गल्फकै पहिलो भएको गल्फ कर्पोरेसन काउन्सिलले दाबी गरेको छ ।

बहराइनबाट प्राप्त गरेको यो लाइसेन्सले वाइनान्सको विश्वभर फैलिने यात्रामा कोशेढुंगाको काम गर्ने वाइनान्सका सिइओ चाङपेङ झाँओे बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot