Logo

भीम रावललाई ऋषि धमलाको प्रश्न : प्रधानमन्त्री देउवाले भनेजस्तै तपाईँको दिमाग खुस्किएकै हो त ? (भिडिओसहित)



काठमाडौं, १ चैत्र । नेकपा (एमाले) का सांसद तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूमाथि गरेको टिप्पणीमा कुनै सत्यता नरहेको दाबी गरेका छन् । उनले भने,‘देशको प्रधानमन्त्री, जो पाँचौ पटक यो देशको प्रधानमन्त्री हुनुभयो, उहाँले त्यहाँ जे जस्ता शब्द प्रयोग गर्नुभएको छ, जसरी उहाँ बोल्नुभयो, तथ्यलाई जसरी उहाँले थाहा नपाएको हो कि, वा थाहा पाएर त्यसरी बोल्नुभयो, त्यो देख्दा हामी नेपाली जनताले कति अयोग्य प्रधानमन्त्री पाएका छौं भन्ने मलाई भित्रबाट लागेको छ ।’

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको “जनता जान्न चाहन्छन्” कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले २०५२ सालमा देउवा मुलुकको प्रधानमन्त्री भएपछि देश हिंसामा गएको पनि स्मरण गराए ।

उनले भने,‘उहाँ प्रधानमन्त्री भएपछि देश हिंसामा प्रवेश गर्यो, यो देशमा माओवादी र राज्यको बीचमा हिंसात्मक द्धन्द्ध भयो । त्यसपछि अर्को पटक देशमा शेरबहादुरजी प्रधानमन्त्री हुनुभयो, राजाले सिधै आफ्नो हातमा सत्ता लिने अवस्था सिर्जना भयो । अहिले देउवाजी फेरि प्रधानमन्त्री हुनुभयो, एमसीसीमा उहाँले चार घण्टापनि छलफल नगरेर संसद्बाट हतारहतार जबरजस्ती पास गर्नुभयो ।’



प्रतिक्रिया दिनुहोस्