Logo

नेपाल र भारतबीच डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको बैठक



काठमाडौं, १ चैत्र । नेपाल र भारतबीच डुबान तथा बाढी व्यवस्थापन संयुक्त बैठक बसेको छ । नेपाल-भारत डुबान तथा बाढी व्यवस्थापन संयुक्त समितिको १४ औं बैठक २५ देखि २९ फाल्गुनसम्म नेपालमा आयोजना गरिएको हो।

बैठकमा भारतको तर्फबाट गंगा बाढी नियन्त्रण आयोगका योजना सदस्य शेर सिंह र नेपालको तर्फबाट जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक सुशील चन्द्र आचार्यको सह–अध्यक्षतामा बैठक भएको थियो । फाल्गुण ३० गते दुवै पक्षले बैठकको माइन्युटमा हस्ताक्षर गरेका छन् ।

संयुक्त समितिले नेपाल-भारत सीमाका विभिन्न स्थानहरुको पनि स्थलगत भ्रमण गरेको छ । सीमा क्षेत्रमा बाढी, कटान तथा डुबान व्यवस्थापन गर्नु समितिको कार्यक्षेत्र भित्र पर्दछ । समितिले सीमा क्षेत्रमा पर्ने नदीहरुको व्यवस्थापनका लागि प्रस्ताव गरिएका नवोदित कार्यस्थलको पनि भ्रमण गरेको छ । फागुन २५ देखि २८ गते सम्म भएको स्थलगत भ्रमण पछि समितिको बैठक २९ गते काठमाडौंमा बसेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्