Logo

दुई महिना सेना भएर निस्कन नेता तथा कार्यकर्तालाई प्रचण्डको निर्देशन



काठमाडौं, २ चैत्र । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीलाई हराउनको लागि षड्यन्त्र भैरहेको भन्दै त्यसलाई चिर्न नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् ।

उनले अबको निर्वाचनमा जित्नैपर्ने दबाब रहेको भन्दै सोहीअनुसार प्रस्तुत हुन पनि निर्देशन दिएका छन् ।

उनले अब आक्रामक भएर चुनावमा जानुपर्ने टिप्पणी गरेका हुन् ।

आज (बुधबार) काठमाडौंमा भएको उपत्यकाविशेष पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

दाहालले माओवादी केन्द्रले रक्षात्मक भएर चुनावी अभियान सञ्चालन गर्न नहुने भन्दै आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन पनि दिएका छन् ।

उनले यो दुई महिना सेना भएर निस्कनुपर्नेमा जोड दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot