Logo

टाइफाइडविरुद्धको खोप लगाइँदै



काठमाडौं, चैत ३ । सरकारले आगामी चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडबिरुद्धको खोप लगाउँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा संगिता कौशल मिश्राले १५ महिनादेखि १५ वर्षसम्मका सबै बालबालिकालाई लक्षित गरी खोप लगाइने जानकारी दिइन । सरकारले उक्त अवधिमा ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने लक्ष्य लिएको छ ।

भारतबाट बुधबार २ लाख भायल खोप नेपाल आएको जानकारी दिँदै स्वास्थ्य मन्त्रालयका वरिष्ठ फार्मेसिस्ट बडेबाबु थापाले ग्लोबल एलाइन्स फर भ्याक्सिनेसन (गाभी)ले नेपालका लागि टाइफाइडको १६ लाख भायल खोप निःशुल्क उपलब्ध गराउने सहमति भएको बताईन। उनले एक भायल खोपमा ५ मात्रा हुने र १८ तारिखमा पनि पुनः अर्को खेप खोप नेपाल आउने जानकारी पनि दिइन।

नेपालमा ज्वरो आएका सबैलाई टाइफाइड भनिने गरिए तापनि ज्वरो सबै टाइफाइड नहुने चिकित्सकहरू बताउँछन् । उनीहरूका अनुसार टाइफाइड हुनलाई टाइफाइडको किरा उम्रनुपर्छ जसलाई मल्टिड्रग टाइफाइड भनिन्छ ।

यो खालको टाइफाइड नेपालमा अहिलेसम्म देखिएको र नेपालमा देखिएको टाइफाइड गम्भीर प्रकृतिको ज्यानै जाने खालको नभएको २ वर्षअघि नेपालको कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, नेपालगन्ज अस्पताल र धरान अस्पतालले गरेको बृहत् अनुसन्धान टोलीमा खटिएका एक चिकित्सकले बताएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot