Logo

बाइडेनले दिए पुटिनलाई ‘युद्ध अपराधी’को संज्ञा, ७ हजारभन्दा बढी रुसी सैनिक मारिएको दाबी



एजेन्सी, ३ चैत्र । रुस–युक्रेन युद्धको आज २२ औं दिन हो । रुसी सेना राजधानी कीभ नजिक पुगेको छ । यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पहिलो पटक ‘युद्ध अपराधी’ भनेका छन् ।

बाइडेनको भनाइलाई रुसविरुद्ध अमेरिकाको अडानमा ठूलो परिवर्तन मानिएको छ । बाइडेन प्रशासनले अहिलेसम्म युक्रेन आक्रमणलाई युद्ध अपराध भन्न बेवास्ता गरेको छ।

अर्कोतर्फ, अमेरिकी रिपोर्टले रुसले २० दिनको लडाइमा तीन जनरलसहित ७ हजारभन्दा बढी सैनिक गुमाएको दाबी गरेको छ । रुसका १४ देखि २१ हजार सैनिकहरू नराम्ररी घाइते छन्। रिपोर्टमा भनिएको छ कि रुसी सैनिकहरुको मनोबल नराम्ररी टुटेको छ र उनीहरु लड्नुको सट्टा गाडी पार्किङ गरेको देखिन्छ ।

मिस वल्र्डको अन्तिम ३० मा यसअघि नै प्रवेश गरेकी मिस नेपाल नम्रता हेड टु हेड च्यालेन्जबाट प्रतिस्पर्धामा छानिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस्