Logo

पल शाह प्रकरणमा सुरेन्द्र केसीको दाबी : यो बलात्कार र अपराध दुवै होईन (भिडिओसहित)



काठमाडौं, ५ चैत्र । राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीले पल शाह र नाबालिकाले मिलेर मि टु गरेको टिप्पणी गरेका छन् । लेनदेनमा कुरा नमिल्ने बित्तिकै त्यो वी टु भएको पनि उनको टिप्पणी छ । हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पल शाह र ती नबालिकाले दुई वर्ष प्रेमिल जीवन बिताएको पनि उल्लेख गरे । उनले भने,‘उनीहरुले दुई वर्ष प्रेमिल जीवन बिताए, अब अहिले युवालाई चाहीँ कहिले तनहुँ, कहिले गैंडाकोट लगिएको छ, सांसद र पूर्वमन्त्रीले त पाँच लाख धरौटीमा रिहा भैसके त, अनि एउटा युवालाई चाहीँ कति दिन न्याँक्नुहुन्छ ?’ उनले नाबालिकालाई बलात्कार गरेको पोहोर हो भने अहिले आएर हल्ला गर्न पाईन्छ ? भन्ने पनि टिप्पणी गरे । उनले यो प्रकरणलाई युवायुवतीले गरेको गल्ती मात्रैको संज्ञा दिए । उनले भने,‘न यो बलात्कार हो, न अपराध हो ।’



प्रतिक्रिया दिनुहोस्