Logo

चीनमा कोरोना भाइरस फैलिएपछि…



एजेन्सी, ५ चैत्र । चीनमा कोरोना भाइरसको नयाँ वेभ बढेको छ । योसँगै चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना देशका जिम्मेवार अधिकारीहरुलाई कोभिड १९ नियन्त्रणलाई उच्च प्राथमिकतामा राख्न निर्देशन दिएका छन् ।

चीनमा अहिले धेरै भागमा कोरोना भाइरस पुनः फैलिएको छ । चिनफिङले चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्यूरो बैठकमा पनि बाहिरबाट र चीनभित्रबाट फैलन कोरोना भाइरसको रोकथामबारे रणनीति प्रस्तुत गरेका छन् ।

चीनमा केही दिनयता कोरोना भाइरसको संक्रमितको संख्या केही घटेपनि अवस्था सहज नभइसकेको विज्ञले भनेका छन् । त्यहाँ कतिपय स्थानमा निकै कडाई गरिएको छ ।-File Photo: Agency



प्रतिक्रिया दिनुहोस्