Logo

वीरगञ्ज भन्सारबाट आठ महीनामा सवा पाँच खर्बको वैदेशिक व्यापार



वीरगञ्ज, चैत ६ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका वीरगञ्जबाट चालू आर्थिक वर्ष (आव) २०७८ः७९ को ८ महीनामा वैदेशिक व्यापार उल्लेख्य बढेको छ । वीरगञ्ज भन्सार कार्यालयको तथ्यांकअनुसार अघिल्लो आव २०७७ः७८ को समीक्षा अवधिको तुलनामा यो वर्ष वैदेशिक व्यापारमा ६० प्रतिशतले वृद्धि भएको हो ।

चालू आवको साउनदेखि फागुनसम्ममा यो नाकाबाट ५ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको मालसामान भित्रिएको छ । गत आवको सोही अवधिमा ३ खर्ब ३१ अर्ब रुपैयाँको आयात भएको थियो । आयात बढेर वैदेशिक विनिमयमा दबाब परेपछि सरकारले आयातमा कडाइ गरेको छ ।

४ खर्ब ६३ अर्ब रुपैयाँबराबरको मालसामान आयात हुँदा निर्यात भने ६६ अर्ब रुपैयाँको मात्र भएको प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले बताए । अघिल्लो वर्षको फागुनसम्ममा २६ अर्ब रुपैयाँको निकासी व्यापार भएको तथ्यांक भन्सार कार्यालयसँग छ । निकासी व्यापार गत आवको भन्दा १५२ प्रतिशतले बढेको देखिन्छ । यस्तै आयातमा ५२ प्रतिशत वृद्धि भएको छ ।

वीरगञ्ज नाकाबाट आयात हुने मुख्य वस्तुमा पेट्रोलियम पदार्थ, सवारीसाधन र औद्योगिक कच्चा पदार्थ छन् । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot