Logo

घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं, ६ चैत्र । नेपाली बजारमा आज सुनचाँदीका मुल्य घटेको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज ६ सय रुपैयाँले घटेको हो ।

आज प्रतितोला ९९ हजार २ सय रुपैयामा खरिद विक्रि भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजाबी सुन प्रतितोला ९८ हजार ७ सय रुपैयामा कारोबार भइरहेको छ ।

यसैगरी, चाँदीको मुल्य पनि १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ कामय भएको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्