Logo

लेवान्डोस्कीको दुई गोलमा बायर्न म्युनिखको शानदार जीत



एजेन्सी । पोलिस स्ट्राइकर रोबर्ट लेवान्डोस्कीको दुई गोलको सहयोगमा बायर्न म्युनिखले बुन्डेसलिगामा शानदार जीत निकालेको छ । शनिबार राति भएको खेलमा युनियन बर्लिनलाई ४-० गोलले पराजित गर्दै बायर्नले शिर्ष स्थानमा ७ अङ्कको अग्रता बनाएको हो ।

एल्लिनाज एरिनामा भएको खेलमा बायर्नलाई जीत दिलाउन लेवान्डोस्कीले दुई गोल गर्दा किङ्स्ले कोमान र टान्गाइ निअन्जोउले एक/एक गोल गरे । खेलको १६ औं मिनेटमा लुकास हर्नान्डेजको पासमा कोमानले गोल गर्दै बायर्नलाई खेलमा अगाडि बढाएका थिए । २५ औं मिनेटमा किमिचको पासमा निअन्जोउले गोल गर्दै बायर्नको अग्रता दोब्बर बनाए ।

इन्जुरी समयमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गर्दै बायर्नलाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा मुसिएलाको पासमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई ४-० गोलको अग्रता दिलाए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा बायर्न ४-० गोलले विजयी भयो ।

जीतसँगै बायर्न २७ खेलबाट ६३ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ । पराजित बर्लिन समान खेलबाट ३८ अङ्कको साथ आठौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot