Logo

आज रियल म्याड्रिड र बार्सिलोना भिड्दै



एजेन्सी । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेलमा आज विश्व फूटबलका दुई महारथी रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । सान्टियागो बेर्नाबेउमा हुने खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली जीत निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । घरेलु लिगको शिर्ष स्थानमा रहेको म्याड्रिड आजको खेल जित्दै उपाधि जित्ने सम्भावना थप बलियो बनाउन चाहन्छ । म्याड्रिड २८ खेलबाट ६६ अङ्क जोड्दै लिगको शिर्ष स्थानमा रहेको छ ।

म्याड्रिडले आफ्नो पछिल्लो ५ खेलमा सतप्रतिशत जीत निकालेको छ । गत सोमबार भएको खेलमा मालोर्कालाई ३-० गोलले हराउँदै म्याड्रिडले लिगमा आफ्नो अपराजित यात्रालाई आठौं खेलसम्म लम्ब्याएको थियो ।



प्रतिक्रिया दिनुहोस्