Logo

झडपमा महिला प्रहरीको मृत्यु भएपछि मोरङको लेटाङमा कर्फ्यु



उर्लाबारी,चैत ७। मोरङको लेटाङ–५ खेरुवास्थित शिक्षा बिकास माविमा आइतबार भएको हिंसा भड्किदा एक महिला प्रहरीको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङ नगरपालिकाका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।

गुरुले बिद्यार्थी माथि जवरजस्ती गर्ने प्रयास गरेको आरोपमा विद्यार्थी र प्रहरीबीच झडप हुँदा आईतबार महिला प्रहरीेको मृत्यु भएको हो । बलात्कारको आरोप लागेका शिक्षकलाई विद्यालय प्रशासनले विद्यालयमा दिनभर प्रहरी सुरक्षा दिएर राखेको थियो । विद्यार्थी र स्थानीय अभिभावकले शिक्षकलाई बाहिर निकाल्न आग्रह गर्दा प्रहरीले बल प्रयोग गरेपछि झडप सुरु भएको थियो ।

लेटाङ ५ को शिक्षा विकास माविमा अध्ययनरत कक्षा ७ मा पढ्ने १३ वर्षीय किसोरीलाई सोही विद्यालयका शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको घटना सार्वजनिक भएपछि विद्यार्थी र अभिभावक उत्तेजित भएका थिए । बिहान १० बजे देखि तनावग्रस्त बिद्यालय परिसर राति पौने ९ बजे शान्त भएको थियो ।

प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार आज बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि लेटाङ नगरपालिकाको वडा नंम्बर ३, ४, ५ र ६ का केही क्षेत्र सहित मोरगी खोलादेखि चिसाङ खोलासम्मको भागमा कर्फ्यु आदेश जारी गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot