Logo

रुससँग वार्ता बिफल भयो भने तेस्रो विश्वयुद्धः जेलेन्स्की



एजेन्सी, किभ, ७ फागुन : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमण अन्त्यका लागि भइरहका वार्ता बिफल भएमा तेस्रो विश्व युद्ध हुने चेतावनी दिएका छन् ।

अमेरिकी समाचार संस्था सीएनएनसँग बोल्दै जेलेन्स्कीले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग प्रत्यक्ष वार्ता गर्न चाहेको बताएका छन् ।

युद्ध अन्त्यको एक मात्र माध्यम वार्ताहरु भएको उनले बताए ।

‘मलाई लाग्छ हामीले कुनै फरम्याट प्रयोग गर्नुपर्छ । मलाई लाग्छ कि हामीले कुनै पनि ढाँचा प्रयोग गर्नुपर्दछ । ’ यद्यपि, जेलेन्स्कीले युक्रेनले रुसले समर्थन जनाएको पृथकतावादी क्षेत्रहरूलाई स्वतन्त्र रूपमा मान्यता दिनु पर्ने कुनै पनि सम्झौता अस्वीकार गरेको बताए । आफ्नो देश नेटोको सदस्य नभएको भए रुसले युक्रेनमाथि हमला गर्न नसक्ने दाबी गरे ।

‘यदि नेटो सदस्यहरू हामीलाई गठबन्धनमा हेर्न तयार छन् भने, तुरुन्तै गर्नुहोस्,’ उनले भने, ‘किनभने मानिसहरू दैनिक जसो मरिरहेका छन् ।’



प्रतिक्रिया दिनुहोस्